
काठमाडौं, १८ जेठ । प्रतिनिधि सभामा आज बुधबार पनि आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहने भएको छ ।
प्रतिनिधि सभामा हिजो मंगलबारदेखि बजेटमाथिको सैद्धान्तिक छलफल शुरू भएको हो । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको बचाउ गरेका थिए । प्रतिपक्ष नेकपा एमाले सांसदहरूले भने बजेटको आलोचना गरेका थिए । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने छ ।















प्रतिक्रिया