
काठमाडौं, १७ जेठ। मुस्ताङको थासाङ–२ मा तारा एअरको टवीनेटर विमान दुर्घटनामा मृत्यु भएका २२ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।
सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो भने मंगलबार थप १२ जनाको पनि ल्याइसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेशन सेन्टरले जनाएको छ।
नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट मंगलबार बाँकी शव ल्याइएको हो।
२२ ओटै शवहरुलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाउने तयारी भएको छ।















प्रतिक्रिया