
आँबुखैरेनी, १७ जेठ । काठमाडौंबाट पोखराका लागि उडेको नेपाली सेनाको हेलिकोप्टर स्टार स्थानीय एक स्कुलको प्राङ्गणमा आकस्मिक अवतरण गरिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ फ्युचर स्टार बोर्डिङ स्कुलको ग्राउण्डमा नेपाली सेनाको हेलिकोप्टरलाई आकस्मिक अवतरण गराइएको हो । खराब मौसमका कारण अगाडि बढ्न नसकेपछि आँबुखैरेनीमा पौने ९ बजे आकस्मिक अवतरण गरिएको हो ।
आकस्मिक अवतरण गरिएको हेलिकोप्टर मौसम सफा भएपछि पोखरातर्फ उड्ने सेनाले जानकारी दिएको बताएको छ ।















प्रतिक्रिया