५ कार्तिक २०८३, बिहिबार

चितवनमा स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १७ जेठ । बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवन मिडटाउन रिसोर्ट (सीएमटी) मा आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न भएको हो । सोमबार दिउँसो १२ बजेदेखि शुरू भएको फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न ३५ स्टार्टअप तथा विद्यार्थीका आइडिया सहभागी भएका थिए ।

उक्त समयमा ‍एक्सपेरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम ५ हजार भन्दा धेरैले अवलोकन गरेका छन् । आइडिया पिचिङ सेसनमा २५ बढी स्टार्टअपहरूले आफ्नो आईडिया प्रस्तुत गरेका छन् ।

प्रस्तुत गरेका आइडियाहरुमध्येबाट उत्कृष्ट ७ स्टार्टअप तथा आइडिया इन्क्युबेसनका लागि छनोट भएका छन् । छनोट हुने ७ स्टार्टअप तथा आईडियामा ई–मेड, कर्मदाता, नो ह्यासल ट्राभलर, नेपाल स्टिम एलायन्स प्रालि, एकेडेमी अफ मेडिकल एण्ड इन्जिनीयरिङ साइन्सेस, उबन्टु डीडीई र नलेज एक्सडेन्ज रहेका छन् । त्यस्तै फेस्टबाट उत्कृष्ट स्टार्टअपको रूपमा नलेज एक्सचेन्ज प्रालि छनोट भएको छ ।

गत चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट शुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्ट बागमती प्रदेशको चितवनमा आएर उत्साहजनक सहभागिताका साथ समापन भएको बताइएको छ ।