
काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले आज पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हाल्ने भएका छन् ।
वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए । बालेन ६१ हजार ७६७ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत ल्याएकी थिइन् ।
नेकपा एमालेबाट मेयर उम्मेदवार केशव स्थापितले ३८ हजार एक सय १७ मत ल्याएका थिए । आज सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा मेयर शाह, उपमेयर सुनिता डंगोल, ३२ वडाकै वडाध्यक्ष र सदस्यहरूले सपथ लिने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया