
काठमाडौँ, १५ जेठ । अब ६८ वर्ष पुगेका नागरिकहरुले वृद्धाभत्ता पाउने भएका छन् ।
अहिले ७० वर्षपछि पाउँदै गरेको वृद्धभत्ता आगामी आर्थिक वर्षदेखि ६८ वर्षमै पाउने भएका हुन् ।
आइतबार संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे ।
साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने पनि मन्त्री शर्माले बताए ।
यसअघि ६५ वर्षमै वृद्धभत्ता दिइनेबारे छलफल गरिएको थियो ।
सरकारको यो घोषणालाई चुनावी हतियारको रुपमा लिइएको छ ।















प्रतिक्रिया