५ कार्तिक २०८३, बिहिबार

विमान दुर्घटना भएपछि पोखरा विमानस्थलमा रुवाबासी (तस्वीरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएपछि पोखरा एयरपोर्टमा आफन्तको रुवाबासी चलेको छ ।

आज बिहान ९ः५५ बजे मुस्ताङका लागि उडेको विमान अवतरण हुनुभन्दा केही मिनेट अघि सम्पर्कबिहीन भएको थियो ।

विमान मुस्ताङको लांकेखोलामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

विमानमा चालक दलका ३ जनासहित ६ जना विदेशी नागरिक गरी २२ जना सवार थिए ।