३ मंसिर २०८३, बिहिबार

अवतरण गर्न ८ मिनेट बाँकी रहँदा वेपत्ता भएको थियो तारा एयरको ट्वीनेटर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनेटर विमान अवतरण हुन ८ मिनेट बाँकी रहँदा वेपत्ता भएको छ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको तारा एयरको नाइन एन एइटी जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने थियो। तर १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएपछि दुर्घटनाको आशंका गरिएको छ।

साढे २ घन्टासम्म पनि उक्त जहाज फेला नपर्दा अनेक आशंका छन्।

फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो।

अधिकारीहरूले जहाज लेतेदेखि टुकुचेको बिचमा हराइरहेको हुनसक्ने आशंका गरे पनि मौसमका कारण खोजीमा समस्या भएको छ।