३ मंसिर २०८३, बिहिबार

विमान हराएको दुई घन्टा भयो, दुर्घटना भन्ने आधिकारिक सूचना आएको छैनः प्रहरी प्रवक्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान हराएको दुई घन्टा भए पनि दुर्घटना भएको भन्ने आधिकारिक सूचना नेपाल प्रहरीमा नआएको प्रवक्ता विष्णुकुमार केसीले बताएका छन्।

हराएको लामो समय भएका कारण आशंकाका सूचनाहरु भए पनि आधिकारिक रुपमा नेपाल प्रहरीले जानकारी नपाएको प्रहरी बरिष्ठ उपरिक्षक समेत रहेका केसीले प्रतिक्रिया दिएका हुन्।

प्रहरीलगायत नेपाली सेनाको टोलीले उक्त विमान खोजीनीति गरिरहेको उनको भनाई छ।

ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको छ। जोमसोमबाट टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए।

यस्तै काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि पनि परिचालन गरिएको छ। वेपत्ता रहेको विमानमा १९ यात्रुसहित चालक दलका ३ जना रहेका छन्।