
काठमाडौँ, १५ जेठ । आइतबार विहान सम्पर्कविहीन बनेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको कोबाङनजिकै विमान दुर्घटना भएको आशंका गरिएको छ ।
खोजीका लागि हेलिकप्टर परिचालन गरिए पनि मौसम खराबीले कठिनाइ भइरहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले लेते नजिकैको क्षेत्रमा ठूलो आवाज सुनिएको बताएको छ । यद्यपि विमान दुर्घटना नै भएको भन्ने पुष्टि भइसकेको छैन ।
विहान १० बजेर १५ मिनेटमा जोमसोमका लागि उडेको विमान केही समयपछि नै राडारसँग सम्पर्कविहीन बनेको थियो ।
विमानमा चालक दलका ३ जना, ६ विदेशी नागरिकसहित २२ जना सवार थिए ।















प्रतिक्रिया