५ कार्तिक २०८३, बिहिबार

बेपत्ता विमानमा ६ जना विदेशी पनि थिए (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन तारा एयरको ट्वीनअटर विमानमा १६ नेपाली र ६ जना विदेशी रहेको खुलेको छ ।

तारा एयरका अनुसार ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेका थिए ।

त्यस्तै, चालक दलका ३ जना रहेका थिए ।

विमान दुर्घटना भएको हुनसक्ने बताइएको छ । सेनाको हेलिकप्टर र अन्य निजी कम्पनीका हेलिकप्टरले खोजी कार्य सुरु गरेको छ ।

आइतबार विहान १० बजेर १५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ ।

विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ ।

विमानको खोजी कार्य सुरु गरिएको बताइएको छ ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।