
काठमाडौँ, १५ जेठ । आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा २२ जना रहेको पुष्टि भएको छ ।
चालक दलका ३ जना र १९ जना गरी २२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखराबाट १७ देखि बढीमा २० मिनेटमा जोमसोम पुग्न सकिन्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन नसकेपछि हेलिकप्टरको सहयताबाट खोजी कार्य सुरु गर्न लागिएको छ ।
तर मौसम खराबीका कारण खोजी सुरु हुन सकेको छैन ।















प्रतिक्रिया