
काठमाडौँ, १४ जेठ । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ ।
पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै त्यहाँ पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।
टुर–ट्रेकिङ गाइडिङमा समेत सक्रिय उनी पदयात्रा प्रशिक्षक समेत हुन् । ‘कलम’, ‘लेखक दुनियाँ’ र ‘श्रीलंका स्मृति’ उनका प्रकाशित कृति हुन् ।
पछिल्लो समय सिलवाल प्रकृति र संस्कृतिका सामान्य ठानिएका विषयलाई आधार बनाएर मानवजीवनलाई उज्यालो बनाउने उद्धेश्यसहित सुरु गरिएको कखरा माध्यम प्रा.लि. संचालन गर्छन् ।















प्रतिक्रिया