
काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटपुट घटनाका आधारमाा निर्वाचनमा धाँधली भयो भन्न नमिल्ने बताएका छन् ।
शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गरे ।
प्रधानमन्त्री देउवाले भने– एकै पटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौती थियो । सीमित साधन स्रोतको बीचमा समग्रमा निर्वाचन निष्पक्ष भएको छ । छिटपुट घटनालाई लिएर समग्रमा धाँधली भयो भन्न मिल्दैन ।
प्रमुख प्रतिपक्षी दललगायतले निर्वाचन धाँधलीपूर्ण भएकोबारे जवाफ दिँदै देउवाले निर्वाचन शान्तिपूर्ण भएको दावी गरेका हुन् ।















प्रतिक्रिया