
काठमाडौँ, १४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरलाई बधाई दिएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।
उनले काठमाडौँ र धरानवासी मतदातालाई धन्यवाद समेत ज्ञापन गरे । उनले बालेन र हर्क चाँहि पूर्ण रुपमा स्तन्त्र रहेको बताए । तर अन्य स्वतन्त्र भनिएकाहरु चाँहि वास्तवमा स्वतन्त्र नभएको टिप्पणी गरेका छन् ।
प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने बताए ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारहरु निर्वाचित जित्नुले दलहरुलाई चेनौती भन्दा सच्चिन अवसर दिएको बताए ।















प्रतिक्रिया