५ कार्तिक २०८३, बिहिबार

मुक्तिनाथ बैंकका ग्राहकलाई बूढानीलकण्ठको मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छूट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । मुक्तिनाथ विकास बैंकका ग्राहकले बूढानीलकण्ठको मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छूट प्राप्त गर्ने भएका छन् ।

मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठस्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग छूटसम्बन्धी समझदारी गरेको जानकारी बैंकले दिएको छ । समझदारीपछि बैंकका ग्राहकले मेराकी होलिस्टीकका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म विशेष छूट पाउने छन् ।

शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पासम्बन्धी विभिन्न थेरापी पनि प्रदान गर्दै आएको छ ।

बैंक र मेराकी होलिस्टीकबीच भएको उक्त सहकार्यसम्बन्धी समझदारी कार्यक्रममा बैंकका तर्फबाट संस्थागत मामिला विभाग बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिटकका रेसिडेन्ट म्यानेजर अरुण कुमार झा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बूढानीलकण्ठमा रहेकोे मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने छन् ।