५ कार्तिक २०८३, बिहिबार

रेनु दाहाल सवार गाडी दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको गंगाले बताइन् । त्यस्तो ठूलो चोट होइन, सुमेरु अस्पतालमा सामान्य उपचारपछि हामी घर जाने तयारीमा छौं, उनले भनिन् ।

दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।