
काठमाडौँ, १३ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको उक्त सुन आज प्रतितोला रु २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५३ डलर आसपास कारोबार भइरहेको छ ।















प्रतिक्रिया