५ कार्तिक २०८३, बिहिबार

अमेरिकामा ९ जनामा मङ्कीपक्स पुष्टि : कुन देशमा कति बिरामी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । मङ्कीपक्सले विश्वका धेरै देशमा त्रास फैलाएको छ। यो रोग हाल विश्वका २० भन्दा बढी देशमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार करिब २०० जनामा मङ्कीपक्स पुष्टि भएको छ।

यी केसमध्ये १०० भन्दा बढी यसअघि मङ्कीपक्स सामान्यतया फैलिने देशभन्दा बाहिर पत्ता लगाइएको हो। विश्वका धेरै देशमा मङ्कीपक्सका बिरामी बढेसँगै मानिसमा चिन्ता बढेको छ।

अमेरिकामा मङ्कीपक्सका ९ घटना पुष्टि भएका छन्। अमेरिका बाहेक बेलायत, बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, स्वीडेन, अष्ट्रेलिया, क्यानडा, अस्ट्रिया, इजरायल र स्विट्जरल्याण्डलगायत केही गैर-स्थानीय देशहरूमा पनि मङ्कीपक्सका बिरामी भेटिएका छन्।

युरोपेली संघले ११८ जनामा मङ्कीपक्स भएको पुष्टि गरेको छ। युनाइटेड किंगडमले ९० जना बिरामी पुष्टि गरेको छ भने अमेरिकाले ९ मङ्कीपक्सको पुष्टि गरेको छ। यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सात अमेरिकी राज्यमा मङ्कीपक्सका नौवटा केसहरू पहिचान गरेको हो।

अधिकारीहरूले बिहीबार यी केसहरू अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, म्यासाचुसेट्स, न्यूयोर्क, उटा, भर्जिनिया र वाशिंगटनमा भेटिएका बताएको छ। सीडीसीका निर्देशक डा. रोशेल भ्यालेन्स्कीले अमेरिकासँग मङ्कीपक्ससँग लड्न आवश्यक स्रोत भएको र यसको लागि दशकौंदेखि तयारी गरिरहेको उनले बताए। उही समयमा क्यानाडाली स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्सको १६ बिरामी पुष्टि गरेका छन्। सबै क्युबेक प्रान्तमा फेला परेका हुन्।

देश र मङ्कीपक्सका केसहरू

अमेरिका – ९

स्पेन – ५१

पोर्चुगल – ३७

बेलायत – ९०

क्यानाडा – १६

-एबीपी न्यूज