५ कार्तिक २०८३, बिहिबार

कामना सेवा विकास बैंकको बाह्रौं शाखारहित बैंकिङ सेवा सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट चितवन जिल्लाको राप्ती नगरपालिका–८ जोरकुलामा शाखा रहितबैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

राप्ती नगरपालिका–८ जोरकुला स्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (प्रो. सोमप्रसाद अधिकारी) लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । राप्ती नगरपालिका–८ का वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यले उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुरु गरे ।

शाखा रहितबैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।