
काठमाडौं, १३ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकालाई ३ हजार १७ केजी फोहोर हस्तान्तरण गरिएको छ ।
कञ्चानजंघा तथा मनास्लु हिमालबाट सङ्कलित फोहर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कञ्चीनजंघा हिमालबाट सङ्कलन गरिएको उक्त फोहोर गाउँपालिकालाइृ हस्तान्तरण गरिएको नेपाली सेनाले बताएको छ ।

सङ्कलित फोहोर स्थानीय प्रहरी तथा अन्य प्रतिनिधिहरूको रोहवरमा नेपाली सेनाले हिजो बिहीबार हस्तान्तरण गरिएको बताइएको छ । उक्त अभियानको दौरान कञ्चनजंघा आधार शिविरमा फेला परेको पहिचान खुल्न नसकेका दुई वटा मानव अस्थिरपञ्जथर कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङस्थितलाई बुझाइएको पनि सेनाले जानकारी दिएको छ ।
साथै, मनास्लु हिमालबाट संकलन गरिएको १ हजार ३२३ केजी फोहोर बिहीबार नै धार्चे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।















प्रतिक्रिया