
बारा, १३ जेठ । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो । माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुशसहित विरोध प्रदर्शन गरेको हो ।
भारतको इसारामा अदालतले गैरजिम्बेवारी प्रदर्शन गरेर न्यालयको बदनाम गर्ने कार्यगरेको आरोप माओवादीको छ ।
वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।















प्रतिक्रिया