
काठमाडौं, १२ जेठ । गायक बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।
स्वतन्त्र (लौरो चिह्न)बाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
साहले ६१ हजार ७६७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । त्यस्तै एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।















प्रतिक्रिया