
काठमाडौँ, १२ जेठ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको जन्मकैद कायम हुने भएको छ ।
अदालतले कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला उल्टाएसँगै जन्मकैद कायम हुने भएको हो ।
यसअघि उच्च अदालतले जन्मकैद गरेकामा सर्वोच्चले ८ वर्ष ६ महिनामा घटाएसँगै कोइराला छुटेका थिए ।
तर, बिहीबार सर्वोच्चका तीन जना न्यायाधिशको इजलासले उच्च अदालतको फैसला सदर गरेको हो ।















प्रतिक्रिया