
काठमाडौं, १२ जेठ । धरानमा आफ्नै विद्यार्थीमाथि बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् ।
धरान उपमहनगरपालिका- ५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कालाई बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।
उनीमाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका- १३ स्थित एक गेस्ट हाउसमा पुर्याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।
टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्का पक्राउ परेकी हुन् ।
खड्कालाई सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ ।















प्रतिक्रिया