
काठमाडौँ, १२ जेठ । प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१५ का सुरेन्द्र सिंह र वीर बम्जनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
दुवैको साथबाट प्रहरीले मेड इन यूएस लेखेका २ पेस्तोल, ४ म्यागेजिन र २ राउन्ड गोली बरामद गरेको छ ।















प्रतिक्रिया