५ कार्तिक २०८३, बिहिबार

देउवालाई ओलीको प्रश्न: बीआरआईबारे सरकारको नीति के हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चिनिया परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सरकारको नीति के हो भनी प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै ओलीले बीआरआईबाट प्राप्त हुने सहयोग लिने कि नलिने भनी प्रश्न गरेका हुन् ।

‘अनेक कुराहरुको चर्चा छ, यहाँ बीआरआईको किन छैन ? बीआरआईबाट प्राप्त हुने सहयोग, ऋण के हो ? त्यो चीज हामी लिन्छौं कि लिँदैनौं, अहिलेको सरकारले जिब्रो नचपाई भन्नुपर्‍यो बीआरआई सम्बन्धी हाम्रो नीति के हो ?’ उनले प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपालको विदेश नीति अहिले सत्ता स्वार्थमा चलिरहेको पनि टिप्पणी गरे ।

‘हाम्रो फरेन पोलिसी ज्युँदै छ कि मर्‍यो ? हाम्रो फरेन पोलिसी यथावत छ कि घाइते भयो ? हाम्रो फरेन पोलिसी हिजोको न्युट्रालिटीमा छ कि छैन ? हाम्रो फरेन पोलिसी सत्ता स्वार्थ हो कि राष्ट्र स्वार्थमा चलिराखेको छ ? यो कुरा सम्माननीय प्रधनमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु स्पष्ट गरियोस्’ उनले भने ।