५ कार्तिक २०८३, बिहिबार

यौन दुर्व्यवहारको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ जेठ । यौन दुर्व्यवहारको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौन निलम्बनमा परेका छन् ।

इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका हुन् ।

ती युवतीले आफूमाथि यौन दुर्व्यवहार भएको भनेर दिएको निवेदनमाथि अनुसन्धान हुँदा दोषी देखिएपछि झालाई निलम्बन गरिएको परिषदको भनाइ छ ।

यस बिषयमा छानबिन समिति गठन गरिएको छ ।

यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि झा दुई महिना निलम्बन निलम्बनमा परेका थिए ।