
काठमाडौँ, १२ जेठ । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशलाई अस्थिरतातर्फ लैजाने बताएका छन् ।
बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रम शब्दजालको पुलिन्दा मात्रै भएको बताएका छन् ।
उनले नीति कार्यक्रम ‘चास्नीमा नडुबाएको जेरी’ को संज्ञा पनि दिए ।
‘बुँदा नम्बर १३६ ले ढुक्कसँग भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ, होइन भने मलाई गलत सावित गर्नुस्,’ ओलीले दाबी गरे, ‘बुँदा नम्बर ७३ र ७७ हेरिसकेपछि बाँकी १४३ बुँदाको पनि सहजै अनुमान गर्न सकिन्छ,’ प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले भने ।
त्यस्तै, उनले वर्तमान सरकारसँग कुनै पनि नीति नरहेको समेत दावी गरे ।
ओलीले भने, ‘नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो छ । राम्रा शब्दहरु खोजीखोजी राखिएको छ तर अर्थ खुल्दैन । यसको प्रस्थानबिन्दु नै स्पष्ट छैन । गुजुल्टिँदै गुजुल्टिँदै कहाँ जान्छ कहाँ ।’















प्रतिक्रिया