
काठमाडौँ, १२ जेठ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको नीति तथा कार्यक्रममा नयाँ कुरा नेही नभएको बताएका छन् ।
सरकारले मंगलबार सदनमा पेश गरेको नीति तथा कार्यक्रम केपी ओली नेतृत्वको सरकारले ल्याएकै नीतिलाई भाषा हेरफेर गरिएको खतिवडाको भनाइ छ ।
‘यो कार्यक्रमले कुनै दिशा पक्डिएको छैन। यस्तै, पानी, बिजुली र अलिकति जनजीविकाका कुराहरू मात्रै गर्नुपर्छ भनेर आलोचना गर्ने यो सरकारले कृषिपछिको प्राथमिकतामा यातायात राखेर अर्थतन्त्र चलायमान बनाउने भनिएको छ । सडक पानीजहाज, रेल पनि राखिएको छ,’ खतिवडाले भने ।
यस्तो छ खतिवडाको टिप्पणी
यो खिचडी सरकारको नीति एउटा हुने कुरा नै भएन । पुरानो कार्यक्रमलाई परिमार्जनसहित अघि बढाउन खोजिएको छ । पुराना कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसी नै लागेको छ । निर्वाचनका वर्षमा नयाँ कार्यक्रम नल्याउनु पनि राम्रै हो ।
नीतिगत रूपमा भन्ने हो कुनै डिपाचर छैन। निजी क्षेत्र र पुँजीवादको विकास गर्ने पार्टीको नेतृत्वमा प्रधानमन्त्री अनि राजकीय भूमिका बढाउँदै राज्यको नियन्त्रणमा साधन, स्रोत लिएर नियन्त्रित अर्थव्यवस्था चलाउनुपर्छ भन्ने अर्थमन्त्री बीचको सम्झौता यो नीति तथा कार्यक्रम हो । यो कार्यक्रमले कुनै दिशा पक्डिएको छैन । यस्तै, पानी, बिजुली र अलिकति जनजीविकाका कुराहरू मात्रै गर्नुपर्छ भनेर आलोचना गर्ने यो सरकारले कृषिपछिको प्राथमिकतामा यातायात राखेर अर्थतन्त्र चलायमान बनाउने भनिएको छ । सडक पानीजहाज, रेल पनि राखिएको छ ।















प्रतिक्रिया