५ कार्तिक २०८३, बिहिबार

काठमाडौँ महानगरको मतगणना अन्तिम चरणमा, कसले कति पाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

.

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ ।

हाल वडा नम्बर १४, १५ र १६ वडाको गणना जारी छ ।

अहिलेसम्म कुल १ लाख ८३ हजार ६७९मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह ५९ हजार १४९ मतसहित पहिलो स्थानमा छन् । उनले ३८.१९ प्रतिशत मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् । सिंहले ३७ हजार ५४२ मत अर्थात कुल खसेको सदर मतको २४.२४ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् ।

स्थापितको मत कुल खसेको मतको २४.०३ प्रतिशत हो ।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत ल्याएका छन् । जुन कुल सदर मतको ८.६२ प्रतिशत हो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५५६५ मत प्राप्त गर्दै पाँचौ स्थानमा हुनुहुन्छ। श्रेष्ठले कुल खसेको सदर मतको ३.५९ प्रतिशत मत पाएका हुन् ।

यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ६३० मत पाएकी छन् । मेयर पदका अन्य उम्मेदवार सवैको जोडदा हालसम्म १४३७ मत पाएका छन् । अर्थात कुल खसेको सदर मतको ०.९३ प्रतिशत ती उम्मेदवारले पाएका हुन ।