५ कार्तिक २०८३, बिहिबार

काठमाडौंको मेयरमा बालेन विजयी हुँदै, विशाल र्‍यालीको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ जेठ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी हुँदैछन् ।

अब तीनवटा वडाको मात्रै मतगणना बाँकी छ ।

निर्वाचन आयोगले सम्भवत आजै अन्तिम मतपरिणामको घोषणा गर्नेछ ।

मतगणना सकिएर बालेनलाई विजयी घोषणा गरिएसँगै समर्थकहरुले विशाल र्‍यालीको तयारी गरेका छन् ।

मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएर काठमाडौंका थुप्रै स्थान परिक्रमा गर्ने बताइएको छ ।

सामाजिक सन्जालमार्फत आएको जानकारीअनुसार जुलुस राष्ट्रिय सभागृहबाट भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।

त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।

यद्यपि बालेनले भने आफ्नो विजयको निश्चित भएपछि मतदातालाई धन्यवाद दिँदै विजयी र्‍यालीको साटाे धन्यवाद सभा गर्न आग्रह गरेका थिए ।