६ कार्तिक २०८३, शुक्रबार

गरुडा नगरपालिकामा नेकपा एमालेका कन्थमनी प्रसाद कलवार निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १२ जेठ । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।

नवनिर्वाचित मेयर कखवारले ४ हजार ५६४ मत पाउँदा यादबले ४ हजार ५२५ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २२६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् ।

चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।