६ कार्तिक २०८३, शुक्रबार

लमजुङमा एमाले बन्यो पहिलो पार्टी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १२ जेठ । स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ ।

जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुको मत परिणाम अनुसार नेकपा एमालेको मतभार धेरै देखिएको हो ।

जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमालेको पक्षमा ४२ हजार सातसय २१ मत आएको छ भने गठबन्धन दलहरुका प्रमुख उम्मेदारहरुको मत ४१ हजार ६३ रहेको छ ।

निर्वाचन परिणाम अनुसार जिल्लाका आठवटै स्थानिय तह प्रमुखहरुको मत परिणाम अनुसार नेकपा एमालेको पक्षमा एकहजार ६ सय ५८ बढि मत आएको हो ।

यद्यपी यहि मत परिणामलाई आधार बनाएर राजनितिक दलहरु आगामी चुनावको रणनिति बनाउने तयारीमा छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा नेकपा एमालेले एक नगरपालिकासहित तीनवटा गाउँपालिका अध्यक्ष जितेको छ । एक गाउँपालिका सहित तीनवटा नगरपालिकामा भने गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

नेकपा एमालेले बेसीशहर नगरपालिका, मस्र्याङदी, दोर्दी र क्होलासोँथारमा जित हासिल गरेको हो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले दुधपोखरी गाउँपालिका सहित सुन्दरवजार, मध्यनेपाल र राईनास नगरपालिकामा जित हासिल गरेको हो ।