
काठमाडौँ, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले सदनमा पेश गरेको नीति तथा कार्यक्रम सतही भएको निष्कर्ष निकालेको छ ।
वुधबार नयाँबानेश्वरस्थित बसेको पार्टीको संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम सतही भएको भन्दै तर्कयुक्त तरिकाले चिरफार गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यक्रम अहिलेको वास्तविकतालाई सम्बोधन गर्ने भन्दा पनि सतही मात्र भएको भन्दै व्यवस्थित, तरिकाले नीति तथा कार्यक्रमको चिरफार गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् ।
त्यस्तै, अध्यक्ष ओलीले गठबन्धनको घेराबन्दीका बाबजुद पनि आएको परिणाम सन्तोषजनक भएको भन्दै आगामी निर्वाचनमा थप संगठित भएर अघि बढ्नुपर्ने बताएको सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
ओलीले निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात भएकाले निहीन ढंगले समीक्षा गरिनुपर्नेमा पनि जोड दिएका छन् ।
त्यस्तै बैठकपछि एमाले नेता भीम रावलले सरकारको नीति कार्यक्रममा राखिएका संविधान र राष्ट्रिय हितविपरीतका कुराको प्रतिवाद गर्नुपर्नेमा ओलीले जोड दिएको बताए ।
सरकारले हिजो सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भोलिबाट छलफल हुँदैछ ।















प्रतिक्रिया