५ कार्तिक २०८३, बिहिबार

पाँच जना सचिवको सरुवा, को कहाँ पुगे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । सरकारले पाँच सचिवको सरुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठको राष्ट्रिय सर्तकता केन्द्रमा, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै, राष्ट्रिय सर्तकता केन्द्रका सचिव सुशिलचन्द्र तिवारीको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा र नेपाल ट्रष्टको कार्यालममा कार्यरत गोपालप्रसाद सिग्देलको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।