५ कार्तिक २०८३, बिहिबार

विवेकशील साझाका मिलन पाण्डेको कारवाही फिर्ता हुने, पार्टीको नेतृत्व गर्ने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उपस्थिति निराशाजनक भएपछि राजीनामा दिएका हुन् ।

त्यस्तै, पार्टीका संयोजक मिलन पाण्डेलगायतलाई गरिएको कारबाही फिर्ता गर्न पार्टीको केन्द्रीय समितिलाई आग्रह पनि गरेका छन् ।

आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गरिएका व्यक्तिको कारबाही फिर्ता गरिदिन मिश्रले पार्टी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका छन् ।

मिश्रले आफ्ना कमजोरी र त्रुटिप्रति क्षमायाचना गर्दै भनेका छन्, ‘दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु ।’

दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएका सबैलाई पुनः पार्टीमा फर्किएर सामेल हुनसमेत मिश्रले आग्रह गरेका छन् ।

यससँगै अब पाण्डेले पार्टीको नेतृत्व गर्ने बताइएको छ ।