
काठमाडौँ, ११ जेठ । विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध नेपाल आयल निगम घेराउ गरेका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै सत्तारुढ र विपक्षी दलका संयुक्त विद्यार्थी संगठनले निगम घेराउ गरेका हुन् ।
निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल र विपक्षी दलका विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपर्ने र निर्देशकको राजीनामा समेत माग गरेका छन् ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य १८०० रुपैयाँ तोकिएको छ ।















प्रतिक्रिया