
चितवन, ११ जेठ । भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले दुई वटा महत्वपूर्ण निर्णय गरेकी छन् ।
बुधबार विहान पदभार ग्रहण गर्दै उनले अब भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा तथा भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताइन् ।
छोरीलाई गरिने बीमा एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन ।
महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुग्ने उल्लेख गरिन् ।















प्रतिक्रिया