
काठमाडौं, ११ जेठ। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) जित नजिक पुगिसकेका छन्। उनको जित निश्चितप्रायः हुँदै गर्दा कुन दलका उम्मेदवारलाई धेरै घाटा भएको छ?
दोस्रोमा नेपाली कांग्रेसकी सृजना सिंह छिन् भने एमालेका केशव स्थापित तेस्रोमा छन्।
बालेनले मेयरमा ल्याएको मतको वडागत विश्लेषणअनुसार सबैभन्दा धेरै हानि एमालेका स्थापितलाई भएको छ। बहुमत वडामा उपमेयरदेखि वडा सदस्यसम्ममा एमालेले ठूलो मत पाउँदा मेयरमा भने स्थापितले मात्र कम पाएका छन्।
बालेनले नेपाली कांग्रेसको उम्मेदवारको मत काट्ने विश्लेषण गरे पनि त्यो ठिक उल्टो भएको छ। स्थापितले पाउने मतले नै बालेको अग्रता निक्कै फराकिलो भएको प्रत्येक बुथका परिणामले बताउँछ।
उपमेयरमा सुनिता डंगोलले ल्याएको मतको विश्लेषण गर्दा पनि बालेन स्थापितका लागि हानि गर्ने स्वतन्त्र उम्मेदवार ठानिएको छ। यद्यपि काठमाडौंका जनताले युवालाई नेतृत्व दिन इच्छाएको मत परिणामको निष्कर्श हो।











प्रतिक्रिया