
काठमाडौं, ११ जेठ । बलेफी हाइड्रोपावर कम्पनीको साधारण शेयर आजदेखि दोस्रो बजारमा कारोबार शुरु हुने भएको छ ।
हिजो मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईपीओ सूचीकृत भएसँगै आजदेखि कारोबार शुरू हुन लागेको हो । मंगलबार कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार १०० रुपैयाँ अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबार गर्नका लागि बीएचएल सङ्केत प्रदान गरेको छ । साथै कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ९३ रुपैयाँ ६४ पैसादेखि अधिकतम २८० रुपैयाँ ९२ पैसा ओपनिङ रेञ्ज पाएको छ ।















प्रतिक्रिया