६ कार्तिक २०८३, शुक्रबार

अब आठ वटा पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी, नामसहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत अब ८ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ ।

७५३ मध्ये ७४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् ।