
काठमाडौं, ११ जेठ । काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चूडामणि बज्राचार्य दोस्रोपटक पुनः निर्वाचित भएका छन् ।
सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी भएका छन् । सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भएकी छन् ।
वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ ।
वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ ।















प्रतिक्रिया