५ कार्तिक २०८३, बिहिबार

धनकुटामा प्रहरीको कुटाइबाट एमालेका एक कार्यकर्ता गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १० जेठ । प्रहरीको कुटाईबाट नेकपा (एमाले)का एक कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा शहिदभूमि गाउँपालिका वडा नं. ६ माङ्तिनका ३३ वर्षीय निरन साङ्सनुन राई रहेका छन् ।

राष्ट्रिय यूवा संघका जिल्ला सदस्य राईको हात खुट्टा र टाउकोमा गम्भीर चोट लागेकाले उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको अस्पतालको आकस्मिक कक्षले जानकारी दिएको छ ।

राई आफ्नै गाउँमा बसिरहेको अवस्थामा प्रहरीले ‘ठोक ठोक’ भनेपछि आत्तिएर भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको राईलाई उदृत गर्दै वडा नं.६ का वडा अध्यक्ष हेमकुमार राईले जानकारी दिए ।

यो घटना एमालेको गएको ८ गते भएको चुनावी विजय र्‍यालीमा केही ब्यक्तिहरुले आक्रमण गरेको घटनापछि घटेको श्रखलाको अंश भएको जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार उक्त र्‍यालीमा भएको आक्रमणपछि आक्रोशित एमालेको केहही समुहले ती आक्रमणकारीहरुलाई कुटपिट गरेका थिए ।

घटनापछि कुटाइ खाने पक्षले प्रहरीमा उजरी दिएको र कुटपिट गर्नेमा निज निरनको पनि नाम रहेको हुंदा उनलाई प्रहरीले खोजतलास गरी समात्ने क्रममा उक्त घटना घटेको एसपी अधिकारीले जानकारी दिए ।

यस विषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए । गएको ८ गते भएको विजय र्‍यालीमा आक्रमणमा परेका ऐजन राईले नेपाली कांग्रेसका वडा सभापति विकास राईको नेतृत्वमा आएका केही युवाहरुले आक्रमण गरेको जानकारी दिए ।

उक्त घटनामा राईले आफूलाई खुकुरी निकालेर खेदाएको जानकारी दिए । उक्त घटनापछि आक्रोशित भएर अनियन्त्रित भएका केही एमालेका कार्यकर्ताहरुले कांग्रेस निकट यूवाहरुलाई कुटपिट गरेको उनले जानकारी दिए ।

घटनाको भत्सर्ना गर्दै नेपाली कांग्रेस धनकुटाले बिज्ञप्ति समेत जारी गरेको छ ।