
दाङ, १० जेठ । तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी स्यानी चौधरी जित नजिक पगेकी छन् ।
उपमहानगरको मतगणना अन्तिम चरणमा पुग्दा उपप्रमुखमा एमालेकी चौधरीले नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानालाई ८ हजार ३०९ मतान्तरले पछाडि पारेकी छन् ।
१० हजार मतगणना हुन बाँकी रहँदा चौधरीले २६ हजार ९१८ मत प्राप्त गर्दा रानाले १८ हजार ६०९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, तुलसीपुरमा एमालेका मेयरमा टीकाराम खड्काले २७ हजार ३५२ मतसहित अग्रता कायम गरेका छन् ।
उनी गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरी भन्दा २ हजार ४४८ मतले अघि छन् । कांग्रेसका गिरीले २४ हजार ९०४ मत प्राप्त गरेका छन् ।
तुलसीपुरमा १९ वटा वडा नं. १ देखि १६ सम्मको नतिजा आइसकेको छ भने १७, १८ र १९ वडामा मतगणना जारी छ । १८ र १९ वडामा एमाले फराकिलो मतले अगाडि छ ।















प्रतिक्रिया