
काठमाडौँ, १० जेठ । सरकारले आगामी वर्षदेखि सामाजिक सञ्जाल करको दायरामा ल्याउने घोषणा गरेको छ ।
मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजक सञ्जाललाई करको दायरामा ल्याउन खोज्दा चर्को विरोध गरेको कांग्रेसले आफ्नै नेतृत्वमा एमालेको नीति अंगीकार गरेको छ ।















प्रतिक्रिया