५ कार्तिक २०८३, बिहिबार

सरकारले एक सातामै फेरि बढायो गाडी भाडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । सरकारले स्थानीय तहको निर्वाचन सकिएसँगै ह्वात्तै मूल्य वृद्धि गरेको छ ।

चुनावलगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको गठबन्धन सरकारले अहिले अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य बढेमा थप बढ्नेछ । यसअघि विभागले जेठ ४ र २०७८ चैत २० गते भाडा वृद्धि गरेको थियो । आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएको थियो । सोही कारण देखाएर बिभागले भाडा बढाएको हो ।