५ कार्तिक २०८३, बिहिबार

काठमाडौँ महानगरः सुमन सायमीको वडामा कस्को अग्रता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । काठमाडौं महानगरको वडा नम्बर १३ को जारी मतगणनामा स्वतन्त्र उम्मेदवार सुमन सायमीको अग्रता रहेको छ ।

आँखिझ्याल चुनाव चिन्ह लिएर लडेका सायमीले गृह वडामा अग्रता बनाएका हुन् ।

हालसम्म ४ हजार ६ सय ९० मतको गणना हुँदा आँखिझ्यालले ११३२ भोट ल्याएको छ भने अर्का स्वतन्त्र उम्मेदवार बालेन साहको लौरोमा १०६३ भोट आएको छ ।

यस वडामा एमालेका केशव स्थापित ९०४ र कांग्रेसकी सिर्जना सिंह ६८० मतसहित क्रमशः तेस्रो र चौंथो स्थानमा छन् ।