
काठमाडौँ, १० जेठ । स्थानीय तह निर्वाचनका लागि गत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता अन्त्य भएको छ ।
निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै आचारसंहिता अन्त्य भएको जनाएको हो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम रहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा २ बमोजिम निर्वाचन आचारसंहिता लागू गरेको थियो ।















प्रतिक्रिया