
काठमाडौं, १० जेठ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् ।
हालसम्म १ लाख ४९ मतगणना हुँदा काँग्रेसबाट मेयर उम्मेदवार रहेकी सिर्जना श्रेष्ठले ३२ हजार ५९ मत पाएकी छन् भने एमालेका केशव स्थापितले ३१ हजार १६६ मत पाएका छन् ।
उता उपमेयरमा एमालेकी सुनिता डंगोलले बालेन शाहले भन्दा पनि बढी लोकप्रिय मत पाएकी छन् ।
डंगोलले ५४ हजार ९१ मत पाउँदा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार ९ हजार ७६२ मत पाएको पौडेलले जानकारी दिए ।















प्रतिक्रिया